वनप्लस ६, यस्ता छन् विशेषता

 

वनप्लसले अन्तराष्ट्रिय बजारमा लोकप्रिय फ्ल्यागसिप मोडल वनप्लस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले करिब एक महिनााअघि मात्र वनप्लस ६ लाई नेपाली बजार भित्र्याएको हो।

वनप्लस ६ मा ६.२ इन्चको फुल एचडी एमोलेड स्क्रिन छ। यस फोनको डिस्प्लेको सुरक्षाका लागि कर्निङ गोरिला ग्लास ५ प्रयोग गरिएको छ।

एन्ड्रोइड् ओरियो ८.१ को अपरेटिङ सिस्टम भएको यस फोनमा क्वालकम स्नापड्रागन ८४५ को चिपसेट प्रयोग गरिएको छ।

६ जीबी र्याम क्षमता भएको यस फोनमा ६४ जीबी इन्टरनल स्टोरज छ।

फोनमा तीन वटा क्यामरा छन्। फोनमा एफ/१.७ अपेचरको १६ मेगापिक्सेल र एफ/१.७ अपेचरको २० मेगापिक्सेलको दुई वटा रियर क्यामरा छ। यसमा डुअल एलइडी फ्ल्यासको सुविधा दिइएको छ। यसको रियर क्यामरामा प्रोटेट, प्रो मोड, पेनोरोमा, एचडिआर, क्लियर इमेज, रअ इमेज लगायतका फिचर्सहरु छन्। त्यस्तै सेल्फी खिच्न फोनमा एफ/२.० अपेचरसहित १६ मेगापिक्सेलको क्यामरा दिइएको छ। यसमा प्रोट्रेट, एचडिआर, स्क्रिन फ्ल्यास, स्माइल क्याप्चर, फेस ब्युटी लगायतका फिचर्सहरु समावेश गरिएको छ।

फोनमा दुई वटा सिम क्षमता छ। फोनमा ३ हजार ३ सय एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ भने फास्ट चार्जिङको सुविधा समेत छ।

फोनलाई फेस अनलक वा फिंगरप्रिन्ट मार्फत अनलक गर्न सकिन्छ। फोन मिरर ब्ल्याक कलरमा उपलब्ध छ। फोनको मूल्य ७१ हजार रुपैयाँ छ।