भिभोको V9, यस्ता छन् विशेषता

 करिब एक महिनाअघि बजारमा भित्रिएको भिभोको V9 मोडलको फोनले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ। भिभो चिनिया फोन निर्माता कम्पनी हो भने यस ब्राण्ड गत मंसिरबाट नेपाल प्रवेश गरेको हो। तर नेपाल प्रवेश गरेको छोटो अवधिमा नै भिभो ब्राण्डले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

खासगरी पछिल्लो समय भित्रिएको V9 मोडललाई ग्राहकले रुचाईरहेको मोबाइल क्षेत्रका जानकारहरु बताउँछन्। नेपाली बजारमा भिभोका पाँच वटा फोन उपलब्ध छन् जसमध्ये पछिल्लो पटक भित्रिएको हाई रेन्जको फोन हो V9 । यस फोनको मूल्य ३७,७९० रुपैंयाँ राखिएको छ। V9 मा ६.३ इन्चको ठूलो फुलएचडी आइपिएस डिस्प्ले छ। ठूलो स्क्रिन भएकाले गेम खेल्न, फिल्म हेर्न जस्ता कार्यमा फोन निकै उपयुक्त छ। फोनको डिस्प्लेमा गोरिला ग्लास थ्री र २.५डी कभ्र्ड ग्लासको प्रोटेक्सन छ। V9 एन्ड्रोइड् ओरियो ८.१ भर्सनको अपरेटिङ सिस्टममा आधारित छ भने स्नापड्रागन ६२६ एसओसीको प्रयोग गरिएको छ। यसका साथै फोनमा २.२ गिगाहर्जको सिपियु प्रोसेसर समावेश गरिएको छ। फोनमा ४ जीबी र्याम छ भने ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ जसलाई मेमोरी कार्डमार्फत २५६ जीबीसम्म बढाउन सकिन्छ। V9 मा तीन वटा क्यामरा छन्। फोनमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा छ। सेल्फी क्यामरामा अपेचर एफ/२.० को लेन्स समावेश गरिएको छ। यसको सेल्फी क्यामरामा एआई फेस ब्युटीमोड टेक्नोलोजी जडान गरिएको छ। एआई फेस ब्युटीफाई टेक्नोलोजीले करिब दश लाख फोटोहरुको डाटाबेस प्रयोग गरी तयार पारिएको भन्दै यसले प्रयोगकर्ताको उमेर, लिङ्ग, छालाको बनोटको आधारमा सोही अनुरुप ब्युटीफाई गरी आर्कषक र उत्कृष्ट तस्बिर खिच्न सघाउने भिभोले दाबी गरेको छ। फोनमा दुई वटा रियर क्यामरा छन्। यसमा १६ र ५ मेगापिक्सेलको रियर क्यामरा छन्। यसमा समेत अपेचर एफ/२.० को लेन्स समावेश गरिएको छ। यी क्यामरामा एलइडी फ्ल्यास समेत दिइएको छ। फोनको रियर क्यामराले लो लाइट वा बढी लाइट भएको दुबै अवस्थामा समेत उत्कृष्ट तस्बिर खिच्न सक्ने कम्पनीले बताएको छ। फोनमा अपडेटेड गेम मोड समेत दिइएको छ। यस फिचरले तँपाईले गेम खेलिरहकेको अवस्थामा कसैले फोन वा मेसेज गरेमा डिस्टर्ब हुन दिनेछैन। यसबाहेक फोनमा फिंगरप्रिन्ट, फेस अनलक, प्रोक्जिमिटी लगायतका सेन्सर समावेश गरिएका छन्। फोनमा दुई वटा सिम स्लट छन्। यसमा ३,२६० एमएएचको ब्याट्री प्रयोग गरिएको छ। फोन दुई कलर भेरियन्टमा उपलब्ध छ। ठूलो स्क्रिन साइज, धेरै मेगापिक्सेलको क्यामरा, ठूलो RAM साइज र इन्टनल स्टोरेज क्षमता, हेभ्भी गेमिङ लगायतका फिचरले V9 लाई उत्कृष्ट स्मार्टफोन बनाएको छ। स्क्रिन साइज ठूलो खोज्ने, आर्कषक क्यामरा, RAM र इन्टरनल स्टोरेज पनि बढी खोज्ने र हेभ्भी गेम खेल्ने प्रयोगकर्ताका लागि भिभोको यो स्मार्टफोन उचित विकल्प हुन सक्छ।