यस्ता विशेषतासहित सामसङको J8 बजारमा

यस्ता विशेषतासहित सामसङको J8 बजारमा

प्राइम स्टोर

कोरियाली इलेक्ट्रोनिक्स बस्तु निर्माता कम्पनी सामसङले ‘J’ सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ‘J8’ नेपाली बजारमा भित्र्याएको छ। J सिरिज सामसङको सबैभन्दा रुचाइएको सिरिज हो।

J8 मा ६ इन्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले छ। डिस्प्लेमा फिजिकल होम बटनको साटोमा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटनमा छ भने फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा राखिएको छ।

यस फोनमा दुई वटा रियर क्यामरा छन्। फोनमा एफ/१.७ अपेचर लेन्ससहितको १६ मेगापिक्सेल र एफ/१.९ अपेचर लेन्ससहितको ५ मेगापिक्सेलको क्यामरा छन्। यसमा भएको लाइभ फोकस फिचरमार्फत प्रयोगकर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन्। व्याकग्राउण्डलाई फोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर गर्न सकिन्छ। क्यामरामा ब्याकग्राउण्ड ब्लुअर सेप, पोट्रेड डोली तथा पोट्रेट ब्याकड्रप लगायतका अप्सन दिइएको छ। यीनको प्रयोगले निकै उत्कृष्ट तस्बिर खिच्न सकिन्छ। त्यस्तै फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामरा छ। एफ/१.९ अपेचर लेन्स प्रयोग गरिएको सेल्फी क्यामरामा फ्लयास लाइटको समेत सुविधा दिइएको छ। फोनको सेल्फी क्यामराले समेत उत्कृष्ट फोटो खिच्छ।

J8 मा एन्ड्रोइड ८ ओरियो अपरेटिङ्ग सिस्टम छ भने स्नापड्रागन४५० को प्रोसेसर राखिएको छ। फोनमा ४ जीबी र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ। ३५०० एमएएच पावर क्षमता भएको ब्याट्रि समावेश गरिएको यस फोन ब्लु, ब्ल्याक र गोल्डेन गरी तीनवटा कलर भेरियन्टमा उपलब्ध छ।

J8 को बजार मूल्य ३३ हजार ४९० रुपैयाँ तोकिएको छ। फोनको खरिदमा ग्राहकहरुले प्रति हप्ता ५०० एमबीका दरले १२ हप्तासम्म एनसेलको ६ हजार एमबी डाटा प्याक निःशुल्क प्राप्त गर्न सक्नेछन्।

उत्कृष्ट क्यामरा, ठूलो स्क्रिन, आर्कषक डिजाइन, पर्याप्त र्याम र मध्यम मूल्यको समुचित संयोजनले J8 लाई यस मूल्य रेन्जमा अब्बल स्मार्टफोन बनाएको छ। यदि तँपाईले मिड रेन्ज मूल्य सेगमेन्ट उल्लेखित फिचर्स अटाएको फोन खोज्नु भएको हो भने J8 तँपाईका लागि उत्तम विकल्प बन्न सक्छ।